समाचार

हेटौंडामा दुई दिने बाल साहित्य कार्यशाला सम्पन्न

मकवानपुर । हेटौंडामा शुक्रबारदेखि सुरु भएको दुई दिने बाल साहित्य कार्यशाला सम्पन्न भएको छ । कार्यशाला हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा मकवानपुर बाल विद्या सदन, हेटौंडा–१८ को संयोजनमा सम्पन्न भएको हो । कार्यशालाको दोस्रो दिन शनिबार ‘बालबालिकाले के पढ्ने ? कसरी लेख्ने ?’ विषयमा बहस भएको थियोे । बहसका सहभागीहरूले...

अभिव्यक्तिलाई गलत ढंगले बुझेर अफवाह फैलाइएकोमा बानियाँको आपत्ति

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले गठबन्धनबारे आफुले दिएको अभिव्यक्तिलाई गलत ढंगले बुझेर अफवाह फैलाइएकोमा आपत्ति जनाएका छन् । शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकमा स्थानीय तहमा सत्ता साझेदार दलहरूबीच गठबन्धन गर्नु परे जिल्ला र प्रदेशसंग समन्वय गर्दा फाईदा पुग्ने भनेकोमा अधिकार कटौती गर्न खोजेको भन्दै एक केन्द्रीय...

हेटौंडा–९ का ५५ जना नेपाली कांग्रेस प्रवेश

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको ‘घरघर जाऔं, कांग्रेस जिताउँ’ अभियान अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मा भएको निर्वाचन जागरण कार्यक्रममा ५५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस वडा नम्वर ९ इकाइ सभापति बिरेन्द्रकुमार लामाको सभाध्यक्षता एवम् मकवानपुर सभापति बुद्ध लामाको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा विभिन्न...

एक महिलालाई एसिड प्रहार गरेको आरोपमा दुई जना पक्राउ

पर्सा । पर्साको वीरगंज महानगरापालिका १३ बस्ने सीता पटेलमाथि एसिड प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंजको श्रीपुर बस्ने ३२ वर्षीय रामबाबु साह र ५० वर्षीय हवारी साह रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उमेश साहकी श्रीमती २८ वर्षीया पटेल आफ्नो बाराको...

मतदाता नामावली प्रकाशनको अन्तिम तयारी

काठमाडौं । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ । यही चैत १३ गते प्रकाशनका लागि आयोगले नामावली रुजु गर्ने, कम्प्युटरमा अपलोड गर्ने लगायतका काम गरिरहेको जनाएको छ । यसअघि कायम रहेको मतदाता संख्यामा केही कमी आउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । मतदाता...

आज बागमतीसहित यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । महाशाखाका अनुसार, देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको छ । शनिबार प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा र अन्य प्रदेशमा मौसम...

एमालेले ल्यायो चुनाव लक्षित मोबाइल एप

काठमाडौं । नेकपा एमालेले आगामी बैशाखमा स्थानीय चुनावलाई लक्षित गर्दै मोबाइल एप ल्याएको छ । राजधानीस्थित कार्की बैङ्क्वेटमा जारी केन्द्रिय समिति बैठकमा यस्तो एप सार्वजनिक गरिएको हो । असोजमा ललितपुरको गोदावरीमा सम्पन्न पार्टीको विधान सम्मेलनका क्रममा सार्वजनिक गरिएको सीपीएन यूएमएल (नेकपा एमाले) मोबाइल एपलाई नै अहिले चुनाव लक्षित गरिएको...

तरुण दल हेटौंडा–६ ले दौड प्रतियोगिताको आयोजना गर्ने

मकवानपुर । नेपाल तरुण दल हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ ले खुल्ला दौड प्रतियोगिताको आयोजना गर्ने भएको छ । तरुणदल हेटौंडा–६ ले नयाँ वर्षको अवसरमा जिल्ला स्तरीय खुल्ला दौड प्रतियोगिताको आयोजना गर्ने भएको हो । हरेक वर्ष आयोजना गर्दै आएको दौड प्रतियोगिता कोरोना संक्रमणका कारण गत वर्ष रोकिएको थियो...

महोत्सवमा डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते

बुटवल । कपिलवस्तुको बांणगंगा जितपुरमा संचालित कपिलवस्तु महोत्सवमा बाल उद्यानको डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । महोत्सवमा गएका दर्शकहरू सवार पिङ शुक्रबार साँझ भाँचिएर दुर्घटना हुँदा १४ जना घाइते भएका हुन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेहरुमा बाणगंगा नगरपालिका–१...

बसको ठक्करबाट तिमल्सिनाको मृत्यु

काठमाडौं । भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–८ सुडालका ३६ वर्षीय रमेश तिमिल्सिना रहेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । भक्तपुर नगरपालिका–१ सिर्जनानगरमा राधेराधेबाछ सल्लाघारी आउँदै गरेको बा ४ ख २००१ नम्वरको बसले सोही दिशातर्फबाट आउँदै गरेको प्रदेश ३–०२–००६ प...