बसको ठक्करबाट तिमल्सिनाको मृत्यु

तु खबर संवाददाता
२०७८ चैत्र १२, शनिबार ०९:४२
सांकेतिक तस्वीर

काठमाडौं । भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–८ सुडालका ३६ वर्षीय रमेश तिमिल्सिना रहेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

भक्तपुर नगरपालिका–१ सिर्जनानगरमा राधेराधेबाछ सल्लाघारी आउँदै गरेको बा ४ ख २००१ नम्वरको बसले सोही दिशातर्फबाट आउँदै गरेको प्रदेश ३–०२–००६ प ६११४ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा तिमल्सिना गम्भीर घाइते भएका थिए ।

घाइते उनको उपचारको क्रममा शुक्रबार राति साढे ८ बजे डा.इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । मृतक तिमल्सिना मोटरसाइकल चालक हुन् । बस चालक भने फरार रहेको र खोजतलास भइरहेका जनाइएको छ ।