हेटौंडा–९ का ५५ जना नेपाली कांग्रेस प्रवेश

तु खबर संवाददाता
२०७८ चैत्र १२, शनिबार १५:३५

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको ‘घरघर जाऔं, कांग्रेस जिताउँ’ अभियान अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मा भएको निर्वाचन जागरण कार्यक्रममा ५५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस वडा नम्वर ९ इकाइ सभापति बिरेन्द्रकुमार लामाको सभाध्यक्षता एवम् मकवानपुर सभापति बुद्ध लामाको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५५ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा बोल्दै सभापति लामाले कांग्रेसको ‘घरघर जाउ कांग्रेस जिताउ’ अभियानले आगामी स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसलाई मकवानपुरमा स्थापित गर्ने बताए । उनले मकवानपुर कांग्रेस जनताका एजेन्डा लिएर गाउँगाउँ छिरेको बताउँदै कार्यकर्ताहरुलाई जनताको आबस्यकता बुझ्न आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सह–सचिव ताराचन्द्र बजागाईं, जिल्ला सदस्य, आनन्दराम पराजुली, प्रभात दाहाल, कालु घलान, क्षेत्रिय सचिव गोकर्ण सुवेदी, संघीय सदस्य योग्यराज सापकोटा, नगर सभापति उत्सव इटेनी, जिल्ला प्रतिनिधि केशव धिताल, नेपाल ट्रेड युनिय कांग्रेस बागमती प्रदेश उपाध्यक्ष कुमार पौडेल, नेपाल महिला संघ मकवनपुरको पूर्व अध्यक्ष चित्रलेखा उपाध्याय, महाधिवेशन प्रतिनिधि अमृता थापालगायत नेपाली कांग्रेसका हेटौंडा नगर सदस्य, नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

९ नम्वर वडाका सचिव प्रदिप पराजुलीले सहजिकरण गरेको कार्यक्रमबाट रमेश अधिकारीको संयोजकत्वमा नेपाली कांग्रेस धर्मपथ टोल समिति समेत गठन गरिएको छ । समितिको सह–संयोजकमा अजिता भट्टराई, सचिवमा रामनाथ मण्डल, सह–सचिवमा सम्झना परियार, कोषाध्यक्षमा जिवन न्यौपाने रहेका छन् । यस्तैगरी टोल समितिको सदस्यहरुमा सविना मण्डल, दिपा थोकर, ओम पुर्वछाने, रमादेवी शर्मा, कृष्णा साई र रुपेश रेग्मी रहेको अर्का सचिव अमित श्रेष्ठले जानकारी दिए ।