महोत्सवमा डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते
बुटवल । कपिलवस्तुको बांणगंगा जितपुरमा संचालित कपिलवस्तु महोत्सवमा बाल उद्यानको डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । महोत्सवमा गएका दर्शकहरू सवार पिङ शुक्रबार साँझ भाँचिएर दुर्घटना हुँदा १४ जना घाइते भएका हुन् ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेहरुमा बाणगंगा नगरपालिका–१ का अर्जुन क्षेत्री , सिर्जना थारु र कपिलवस्तु नगरपालिका– ९ की आकृति खनाल रहेका छन् । उनीहरूको बुटवलको एक निजी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
घाइते मध्ये ४ जना सामान्य उपचारपछि घर फर्केका र ७ जनाको कपिलवस्तुमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
