समाचार
आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । साथै हाल देशको पहाडी र हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही...
सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ
दाङ । दाङमा सासूको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका–७ की २२ वर्षीया जमुना कुँवर रहेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ । जमुनालाई ६५ वर्षीया सासू गंगी कुँवरको हत्या गरेको आरोपमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक नवीन...
चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडौं । चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी आज नेपाल आउँदैछन् । विदेशमन्त्री वाङ जी तीन दिने भ्रमणका लागि आज नेपालमा आउन लागेका हुन् । उनी भारत हुँदै आज काठमाडौं आउन लागेका हुन् । नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएपछि आउने उनी पहिलो उच्चस्तरीय पाहुना हुन्...
हेटौंडामा श्रम बजार सर्वेक्षण सम्बन्धी अन्तरक्रिया
मकवानपुर । हेटौंडामा बिहीबार एक दिवसीय श्रम बजार सर्वेक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रम मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको हो । संघका कार्यबाहक अध्यक्ष अनिल अग्रवालको अध्यक्षतामा भएको अन्तरक्रियामा कृषि, पर्यटन र निर्माण व्यवसायमा केन्द्रित रहेको थियो । सर्वेक्षणले नेपाल सरकारका सम्बन्धित निकायलाई समेत योजना तर्जुमा...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज (शुक्रबार) बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हाृ । सो बैठकमा उम्मेदवारलाई टिकट दिने संसदीय समिति गठनलगायत विषयमा छलफल हुने जनाइएको छ । साथै बैठकमा स्थानीय चुनाव केन्द्रित घरदैलो अभियानको प्रारम्भिक समीक्षालगायत विषयमा छलफल...
मकवानपुर जिल्ला फुटबल संघको सातौ अधिवेशन बैशाखमा
मकवानपुर । मकवानपुर जिल्ला फुटबल संघको सातौ अधिवेशन आगामी बैशाखमा हुने भएको छ । संघको चैत्र ९ गते बसेको बैठकले जिल्ला अधिवेशन बैशाख ३ गते गर्ने निर्णय गरेको संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिए । सातौ अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने समेत अध्यक्ष लामाले बताए । संघको हरेक चार...
हेटौंडा–७ मा कांग्रेसको टोल समिति गठन अभियान जारी
मकवानपुर । नेपाली कांग्रेस हेटौंडा–७ वडा कार्य समितिले टोल टोलमा समिति गठन अभियान जारी राखेको छ । यसै क्रममा बिहीबार दुई वटा टोल समिति गठन गरिएको छ । कांग्रेस मकवानपुरका निवर्तमान कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यता तथा कांग्रेस हेटौंडा–७ का प्रतिनिधि अर्जुनप्रसाद चौलागाईको विशिष्ट आतिथ्यतामा सम्पन्न भेलाले दुई...
राक्सिराङ–८ मा कांग्रेसको संयुक्त टोल भेला
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ८ स्थित महांकालमा नेपाली कांग्रेसको संयुक्त टोल भेला सम्पन्न भएको छ । भेला नेपाली कांग्रेस राक्सिराङ –८ का सभापति लोकमान पाख्रिनको अध्यक्षता तथा पार्टीका महासमिति सदस्य एवम् बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।...
थपिए ३५ कोरोना संक्रमित, भए २६६ संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ५ हजार २ सय ६८ जनाको नमूना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या २ हजार २ सय १९...
पार्टीलाई पहिलो शक्ति बनाउने एमालेको लक्ष्य
काठमाडौं । नेकपा एमाले आगामी बैशाखमा हुने स्थानीय तहको चुनामा पार्टीलाई पहिलाृ शक्तिको रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ । पार्टीको बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्ने लक्ष्यसहितको निर्णय गरेको हो । बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले एउटै लयका साथ जनताको घरदैलोमा...










