पार्टीलाई पहिलो शक्ति बनाउने एमालेको लक्ष्य
काठमाडौं । नेकपा एमाले आगामी बैशाखमा हुने स्थानीय तहको चुनामा पार्टीलाई पहिलाृ शक्तिको रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ । पार्टीको बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्ने लक्ष्यसहितको निर्णय गरेको हो ।
बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले एउटै लयका साथ जनताको घरदैलोमा जान निर्देशन दिएका छन् । त्यसक्रममा अध्यक्ष ओलीले विचार, दृष्टिकोण र संगठनका हिसावले एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने राजनीतिक दलहरु नभएको बताएका थिए ।
बैठकमा सातै प्रदेशका अध्यक्षले रिपोर्टिङ गरेका थिए । जसलाई बैठकले ग्रहण गरेको छ भने अध्यक्ष ओलीको प्रतिवेदन पनि पारित भएको छ । अध्यक्षको प्रतिवेदनमा सदस्यहरुले दिएका सुझाव समेटेर प्रतिवेदन सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ । साथै, बैठकले विभागहरुको पूर्णता दिन केन्द्रीय सचिवालयलाई अधिकार प्रत्यायोजन गरेको छ ।
