हेटौंडा–७ मा कांग्रेसको टोल समिति गठन अभियान जारी
मकवानपुर । नेपाली कांग्रेस हेटौंडा–७ वडा कार्य समितिले टोल टोलमा समिति गठन अभियान जारी राखेको छ । यसै क्रममा बिहीबार दुई वटा टोल समिति गठन गरिएको छ । कांग्रेस मकवानपुरका निवर्तमान कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यता तथा कांग्रेस हेटौंडा–७ का प्रतिनिधि अर्जुनप्रसाद चौलागाईको विशिष्ट आतिथ्यतामा सम्पन्न भेलाले दुई वटा टोल समिति गठन गरेको हो ।
बिहीबार बिहान हेटौंडा उपमहानगरपालिका ७ मा इच्छादेवी टोलमा भएको भेलाले इच्छादेवी टोल समिति गठन गरेको छ । प्रवेश गौतमको नेतृत्वमा ४५ सदस्यीय टोल समिति गठन गरिएको छ । त्यसैगरी टोल समिति गठन कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।

त्यसैगरी, आजै हरियाली टोल समिति पनि गठन गरिएको छ । बिष्णु गुरुङको अध्यक्षतामा १९ सदस्यीय हरियाली टोल समिति गठन गरिएको कांग्रेस हेटौंडा–७ का तरुण नेता खडानन्द चौलागाईले जानकारी दिए ।
कांग्रेस हेटौंडा–७ का सभापति दामोदर गौतमको अध्यक्षतामा सम्पन्न भेलामा ७ नम्वर कार्य समिति उपसभापति रितुप्रसाद तिम्लसिना, उमेश केसी, सचिव प्रकाश कार्की, कोषाध्यक्ष रामचन्द्र अधिकारी कांग्रेस हेटौंडा नगर सदस्य दिलीप घिमिरे, कुलप्रसाद चौलागाई, महिला संघ–७ नम्वर सभापति सम्झना अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
