समाचार

पानीको भारी बोकाएर पठाएका जनप्रतिनिधि पुनः गाउँ फर्कँदा मालाको भारी

मकवानपुर । हेटौंडा–पानीको मुहान तल, बस्ती छ डाँडामा । राक्सिराङ गाउँपालिका–८ नम्बर वडास्थित महांकालका स्थानीयले खानेपानी लिनको लागि करिब २ घण्टाको उकालो ओरालो हिँड्नुपर्ने बाध्यता थियो । स्थानीयले वर्षौदेखि खानेपानीको विकराल समस्या भोगिरहेका बेला गाउँमा २ वर्षअघि जनप्रतिनिधिको टोली नै पुग्यो । नवनिर्मित विद्यालय भवन उद्घाटन गर्न गएका जनप्रतिनिधिलाई...

हेटौंडाका खड्के काठमाडौंबाट पक्राउ

काठमाडौं । बैकिङ कसुर मद्दामा फरार एक जनालाई प्रहरीले बुधबार काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडामा घर भई काठमाडौं क्षेत्रपाटी बस्ने ३८ वर्षीय रगुन खड्के रहेका छन् । उच्च अदालत पाटनको २०७७ फागुन ९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ३६ लाख रुपैयाँ जरीवाना र ७ दिन...

हेटौंडा–७ न्युरेनी चिसापानीमा कांग्रेसको टोल समिति गठन

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ मा रहेको न्युरेनी चिसापानीमा कांग्रेसको टोल समिति गठन भएको छ । बुधबार भएको भेलाले पवन अधिकारीको नेतृत्वमा कांग्रेस न्युरेनी चिसापानी टोल समिति गठन भएको हो । समिति उपाध्यक्षमा लोकनाथ खनाल, सचिवमा भरत खत्री, सहसचिवमा स्मृति पौडेल रहेका छन् । भेला नेपाली कांग्रेस...

कांग्रेस मकवानपुरको जिल्ला सदस्यमा १० जना मनोनित

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला सदस्यमा १०जना मनोनित भएका छन् । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले बुधबार १० जनालाई कार्यसमिति सदस्यमा मनोनयन गरेका हुन् । सभापति लामाले विधानको धारा १२ (७) को ड बमोजिमको उनीहरुलाई कार्यसमिति सदस्यमा मनोनयन गरेको कांग्रेस मकवानपुरले जनाएको छ । सभापति लामाले प्रभातकुमार दाहाल,...

हेटौंडामा ट्याक्टर दुर्घटना, एकको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडामा आज बिहानै ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ८ बस्ने २८ वर्षीय सागर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, बिहान २ बजेको...

बागमती प्रदेशका ६ जिल्लामा फैलियो बर्डफ्लु, कहाँ कति क्षति ?

मकवानपुर । बागमती प्रदेशका ६ जिल्लामा बर्डफ्लु रोगको संक्रमण फैलिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । हालसम्म काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लु रोगको संक्रमण देखिएको हो । मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार बर्डफ्लुका कारण हालसम्म करिब ३ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको...

हेटौंडा–१३ मा कांग्रेसको टोल समिति गठन तथा स्ल्याप बाटोको शिलान्यास

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ मजुवामा नेपाली कांग्रेसको टोल समिति गठन भएको छ । “घरघर जाऔं, कांग्रेस जिताऔं” अभियान अन्तरगत कांग्रेसले हेटौंडा १३ मा टोल समिति गठन तथा स्ल्याप बाटोको शिलान्यास गरेको हो ।कांग्रेस हेटौंडा–१३ को आयोजनामा भएको कार्यक्रमबाट मानबहादुर मोक्तानको संयोजकत्वमा ३१ सदस्यीय मजुवा टोल समिति...

एमाले मकवानपुरका जिल्ला सदस्यले लिए सपथ

मकवानपुर । नेकपा एमाले मकवानपुरको जिल्ला सदस्यमा मनोनित भएकाहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । एमाले मकवानपुरको जिल्ला सदस्यमा मनोनित भएका २७ गते हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित पार्टी कार्यालयमा भएको एक कार्यक्रमबीच पद तथा गोपनियताको सपथ लिएका हुन् । उनीहरुलाई नेकपा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले...

बागमती प्रदेशसभाको नवौं अधिवेशन बैठक अन्त्य

मकवानपुर । बागमती प्रदेशसभाको चालु नवौं अधिवेशन बैठक अन्त्य गरिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले एक सूचना जारी गर्दै आज बुधबार रातको १२ बजेदेखि लागू हुने गरी नवौं अधिवेशन बैठक अन्त्य गरेका हुन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको...

हेटौंडामा एक जनाको शव फेला

मकवानपुर । मकवानपुरको हेटौंडामा आज (बुधबार) बिहान एक जनाको शव फेला परेको छ । बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित चिसापानी लक्ष्मीनारायण मन्दिर नजिकै एक जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त शव स्थानीय राजेश घिमिरेको घरमा डेरा गरी बस्ने देश भारत...