एमाले मकवानपुरका जिल्ला सदस्यले लिए सपथ

तु खबर संवाददाता
२०७८ चैत्र ९, बुधबार १८:०१

मकवानपुर । नेकपा एमाले मकवानपुरको जिल्ला सदस्यमा मनोनित भएकाहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । एमाले मकवानपुरको जिल्ला सदस्यमा मनोनित भएका २७ गते हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित पार्टी कार्यालयमा भएको एक कार्यक्रमबीच पद तथा गोपनियताको सपथ लिएका हुन् ।

उनीहरुलाई नेकपा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले पद तथा गोपनियताको सपथ गराएका थिए । जिल्ला अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा भएको भएको सपथ ग्रहण कार्यक्रममा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, संविधानसभा सदस्य अनन्त पौडेल तथा राष्ट्रियसभा सदस्य रामचन्द्र राईको उपस्थिति रहेको थियो ।