कांग्रेस मकवानपुरको जिल्ला सदस्यमा १० जना मनोनित
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला सदस्यमा १०जना मनोनित भएका छन् । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले बुधबार १० जनालाई कार्यसमिति सदस्यमा मनोनयन गरेका हुन् ।
सभापति लामाले विधानको धारा १२ (७) को ड बमोजिमको उनीहरुलाई कार्यसमिति सदस्यमा मनोनयन गरेको कांग्रेस मकवानपुरले जनाएको छ ।
सभापति लामाले प्रभातकुमार दाहाल, रामबहादुर बानियाँ, गोपिलाल विक, अर्जुन चौलागाईं, राजु खतिवडा, अर्जुन तिवारी, अञ्जना उपाध्यय, मोमलाल दोङ, भुवनलाल श्रेष्ठ, नरोज पौडेललाई कार्यसमितिको सदस्यमा मनोनयन गरेका हुन् ।
हेर्नुहोस् सूचना ।

