हेटौंडाका खड्के काठमाडौंबाट पक्राउ
काठमाडौं । बैकिङ कसुर मद्दामा फरार एक जनालाई प्रहरीले बुधबार काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडामा घर भई काठमाडौं क्षेत्रपाटी बस्ने ३८ वर्षीय रगुन खड्के रहेका छन् ।
उच्च अदालत पाटनको २०७७ फागुन ९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ३६ लाख रुपैयाँ जरीवाना र ७ दिन कैद ठहर भएका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं भिमसेनगोलाबाट पक्राउ गरेको हो ।
खड्केले महालक्ष्मी बिकास बैंक लिमिटेड न्यूरोडको आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
