समाचार
जिल्ला अदालतमा तोडफोड गर्ने व्यक्ति पक्राउ
कास्की । कास्की जिल्ला अदालतभित्र प्रवेश गरी तोडफोड गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ टुटुङ्गाका २७ वर्षीय दावा भनिने अर्जुन परियार रहेका छन् । परियार बिहीबार पक्राउ परेका हुन् । पक्राउ परेका परियारविरुद्ध अदालतबाट ८ दिनको म्याद लिएर प्रहरीले नकबजनी चोरी उद्योग र आपराधिक...
स्थानीय तह चुनावमा २ करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी
काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा २ करोड मतपत्र छाप्ने तयारी गरेको छ । आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले बिहिबार नियमित पत्रकार सम्मेलनमा बोल्दै करिब १ करोड ७७ लाख मतदाता रहेको र मतदाता संख्या भन्दा १० देखि १५ प्रतिशत मतपत्र प्रकाशन गरिने जानकारी दिए...
सवारी दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु
कास्की । कास्कीको पोखरा महानगरपालिका–२७ विजयपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार ग २२ प ००७ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएर ग १ क ९९६ नम्बरको स्कुल बसमा ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्कुटर चालक पोखरा महानगरपालिका–१४...
बिहीबार दोहोरो अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा कायम भएको छ । यसअघि बुधबार नेप्से २०.६३ अंकले घटेर २६३०.०६ विन्दुमा कायम भएको थियो । यस्तै, आज नेप्सेमा सूचीकृत २२४ कम्पनीको ५२ लाख ९८ हजार ५४३...
मकवानपुरको भीमफेदीमा पृथ्वी चन्द्र अस्पताल भवनको शिलान्यास
मकवानपुर । मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीमा पृथ्वी चन्द अस्पताल (१५ शैया) भनवको शिलान्यास गरिएको छ । भीमफेदी गाउँपलिका वडा नम्वर ५ र ६ का १५ जना ज्येष्ठ नागरिकहरुले आज (बिहीबार) एक कार्यक्रमबीच संयुक्त रुपमा उक्त अस्पताल भवनको शिलान्यास गरेका हुन् । संघीय सरकार र भीमफेदी गाउँपालिकाको लगानीमा अस्पताल स्थापना...
हेटौंडाका रिमालको मृत्यु
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर १ सुन्दरीमाईस्थित आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दिउँसो १ बजेको समयमा हेटौंडाबाट भैसेतर्फ जाँदै गरेको ना १ ज ३४७२ नम्वरको सुमो र विपरित दिशातर्फबाट आउँदै गरेको ना ४९ प २५५६ नम्वरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा...
कक्षा ११ र १२ को रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम बुझाउ पुनः म्याद थप
काठमाडौं । कक्षा ११ र १२ को विद्यार्थीको रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम बुझाउने म्याद पुनः थप गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बोर्डले रजिष्ट्रेशन तथा परीक्षा आपेदन फराम बुझाउने म्याद दोस्रो पटक थप गरेको हो । बोर्डले दोस्रो पटक म्याद थप गर्दै चैत १६ भित्र दोब्बर शुल्कमा रजिष्ट्रेशन...
कोरोना र क्षयरोगको परीक्षण गराउन प्रदेशवासीलाई स्वास्थ्यमन्त्री लामाको अनुरोध
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले कोरोना र क्षयरोगका लक्षण मिल्दाजुल्दा भएकाले शंका लागे परीक्षण गर्न आग्रह गरेका छन् । विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य सन्देश दिंदै उनले पछिल्लो समय विश्वभर फैलिएको कोरोना र क्षयरोग दुबैले फोक्सोमा असर गर्ने र दुबै रोगका लक्षण मिल्दाजुल्दा भएकाले शंका लागेमा कोरोनासंगै...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार, बिहीबार देशका पहाडी र हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम...
तीनै तहको निर्वाचनमा कांग्रेससँग गठबन्धन हुने प्रचण्डको दावी
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी तीनै तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुने दावी गरेका छन् । आज (बिहीबार) गृह जिल्ला चितवन पुगेका उनले पत्रकारहरुसँग कुराकानी गर्दै सो कुराको दावी गरेका हुन् । उनले भने, ‘गठबन्धन त भइरहेकै छ नि । अहिलेकै गठबन्धन स्थानीय मात्र...










