थप ८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या साढे १७ सय

तु खबर संवाददाता
२०७८ चैत्र १२, शनिबार १६:४४
file-photo

काठमाडौं । नेपालमा थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ६ सय ५५ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ५८ जना पुगेको छ । मन्त्रालयका अनुसार, काठमाडौं जिल्लामा मात्र २ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै, धनकुटा, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, रुकुम पूर्व, जुम्ला, डोल्पा, हुम्ला, कञ्चनपुर र बाजुरामा भने संक्रमितको संख्या शून्य रहेको छ ।

पछिल्लो २४ घण्टामा २ सय १० जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । सोही अवधिमा ४७ हजार ७ सय १ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।