हेटौंडामा मेयर कप रेपिड बुद्धिचाल सुरु

तु खबर संवाददाता
२०७८ चैत्र ११, शुक्रबार १८:४६

मकवानपुर । हेटौंडामा मेयरकप रेपिड बुद्धिचाल प्रतियोगिता–२०७८ सुरु भएको छ । बुद्धिचाल प्रतियोगिता नेपाल खेलकुद महासंघ र बागमती प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा शुक्रबारबाट सुरु भएको हो ।

महासंघ अध्यक्ष सविन लामाको सभाध्यक्षतामा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले गरेका थिए । दुई दिनसम्म संचालन हुने प्रतियोगितामा करिब ६० जना खेलाडी सहभागी हुने संघ केन्द्रीय सचिव धरम लामाले जानकारी दिए ।

प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५०, २५ र १५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता स्वीस लिगको आधारमा संचालन हुने उक्त प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ ।