प्रणामी व्यवसायी संघ मकवानपुरको भेला आज

तु खबर संवाददाता
२०७८ चैत्र १२, शनिबार ०८:२३

मकवानपुर । प्रणामी व्यवसायी संघ नेपाल मकवानपुरको प्रथम जिल्ला भेला आज (शनिबार) हुँदैछ । भेला संघका केन्द्रीय अध्यक्ष बिष्णुप्रसाद वाग्लेको प्रमुख आतिथ्यतामा हुने भएको हो ।

भेलाले जिल्लाको नयाँ नेतृत्व चयन गर्ने र प्रणामी व्यवसायीहरुलाई ऐक्यबद्धता गरी प्रणामी व्यवसायीको हकहितको लागि नीति निर्माण गरिने संघका मकवानपुर जिल्ला संयोजक बिनोद पुडासैनीले बताए । हालसम्म संघले ८ वटा जिल्लामा आफ्नो शाखा विस्तार गरेको र शाखा विस्तारलाई निरन्तरता दिइने अध्यक्ष वाग्लेले जानकारी दिए ।