समाचार
आज हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू–भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहनुका साथै पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार, बुधबार देशको गण्डकी प्रदेश र प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बागमती...
स्थानीय निर्वाचनका लागि म्यादी प्रहरी परिचालन, कुन प्रदेशमा कति ? (सूचीसहित)
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा सुरक्षा प्रयोजनका लागि सरकारले म्यादी प्रहरी परिचालन गरेको छ । निर्वाचनका लागि काठमाडौं उपत्यकासहित ७ प्रदेश ९९ हजार ९ सय ९३ जना म्यादी प्रहरीलाई परिचालन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार, नेपाल प्रहरीले १ लाख म्यादी प्रहरी भर्नाका...
आजदेखि उम्मेदवारविरुद्धको उजुरीमाथि छानविन सुरु
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमाथि आजदेखि छानविन सुुरु हुने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले जानकारी दिए । आज...
बागमती प्रदेशको मन्त्रीपरिषद् बैठक बस्दै
मकवानपुर । बागमती प्रदेशको मन्त्रीपरिषद् बैठक आज (बुधबार) बस्दैछ । बैठक मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बिहान ८ बजेदेखि सुरु हुने भएको बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद खनालले जानकारी दिए । स्थानीय तहको निर्वाचनका कारण मन्त्रीपरिषद् बस्न सकेको थिएन । स्थानीय तहको निर्वाचनका लागि...
पत्रकार पन्थीको ‘जिरो माइल’ माथि समालोचना
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा पत्रकार किशोर पन्थीद्वारा लिखित ‘जिरो माइल’ नामक पुस्तकमाथि परिचर्चा गरिएको छ । मकवानपुरका साहित्यकारहरुको संस्था राउण्ड टेवल गसिपद्वारा आयोजित पुस्तकमाथिको परिचर्चा कार्यक्रममा अधिवक्ता ऋषि के.बी. र पत्रकार गिरिजा अधिकारीले कृतिमाथिको समालोचनात्मक टिप्पणी गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख...
टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ स्थित चारदोबाटो चोकमा गएराति टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । गठ्ठाघरबाट नयाँथिमि तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२३ प ७७६९ नम्वरको स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको बा ४ ख ८५८१ नम्वरको टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।...
थाहाको मेयरमा ६ र उपमेयरमा २ जनाको उम्मेदवारी दर्ता
मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनका लागि थाहानगरपालिकाको मेयर पदमा ६ जनाको उम्मेदवारी परेको छ । विभिन्न राजनीतिक दलको तर्फबाट ६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय थाहानगरपालिकाले जनाएको छ । मेयर पदको लागि सत्तारुढ गठबन्धनबाट नेकपा माओवादीका विष्णुबहादुर विष्ट, नेकपा एमालेबाट अचुत्तमप्रसाद ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
थप १० जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ५ हजार २ सय २६ जनाको कोरोना परीक्षण उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २६१ पुगेको छ । पछिल्लो २४ घण्टामा...
कांग्रेस मकवानपुरको प्रवक्तामा चौलागाईं
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको प्रवक्तामा अर्जुनप्रसाद चौलागाईं नियुक्त भएका छन् । जिल्ला सभापति बुद्ध लामाले मंगलबार चौलागाईंलाई प्रवक्तामा नियुक्त गरेका हुन् । जिल्ला सदस्यमध्येबाट एक जनालाई प्रवक्ता नियुक्त गर्ने व्यवस्थाअनुसार जिल्ला सदस्य चौलागाईंलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको हो । प्रवक्तामा नियुक्त भइपछि चौलागाईंले पार्टीको नीति विधि र पद्धतीमा...
हेटौंडामा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै एमाले
मकवानपुर । नेकपा एमालेले निर्वाचन आचारसंहिता विपरित सार्वजनिक सडकमा चुनाव चिन्ह बनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ स्थित सडकमा एमालेले चुनाव चिन्ह ‘सुर्य’ को तस्वीर बनाएर प्रचार गरेपछि अन्य राजनीतिक दलहरुले आपत्ती जनाएका छन् । निर्वाचन आचारसंहितामा निर्वाचनको प्रचारप्रसार गर्ने उद्देश्यले पचहत्तर ग्रामसम्मको कागजमा तीन सय वर्ग इन्चसम्म...










