कांग्रेस मकवानपुरको प्रवक्तामा चौलागाईं
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको प्रवक्तामा अर्जुनप्रसाद चौलागाईं नियुक्त भएका छन् । जिल्ला सभापति बुद्ध लामाले मंगलबार चौलागाईंलाई प्रवक्तामा नियुक्त गरेका हुन् । जिल्ला सदस्यमध्येबाट एक जनालाई प्रवक्ता नियुक्त गर्ने व्यवस्थाअनुसार जिल्ला सदस्य चौलागाईंलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
प्रवक्तामा नियुक्त भइपछि चौलागाईंले पार्टीको नीति विधि र पद्धतीमा रहेर प्राप्त जिम्मेवारीलाई पूरा गर्ने प्रतिवद्धता जनाए । उनी हटौंडा उपमहानगरपालिका वडा नम्वर ६ का वडाअध्यक्ष समेत हुन् ।

