समाचार

एउटाभन्दा बढी झण्डा प्रयोग गर्न नपाइने

काठमाडौं । निर्वाचन आयोगले  एउटाभन्दा बढी झण्डा प्रयोग गर्न नपाइने भएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आचारसंहिता विपरित कुनै स्थानमा कुनै राजनीतिक दलको झण्डा राख्न नपाउने जानकारी गराएका हुन् । उनले राजनीतिक दलका विभिन्न कार्यक्रममा ३ बाई ३ फिटको...

गठबन्धनबाट हेटौंडाको मेयरमा लामा र उपमेयरमा बानियाँको उम्मेदवारी दर्ता

मकवानपुर । सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा उम्मेदवारी दर्ता गराएको छ । गठबन्धनबाट हेटौंडाको मेयर पदमा नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामा र उपमेयर पदमा नेपाली कांग्रेसका राजेश बानियाँले उम्मेदवारी दर्ता गराएका हुन् । उनीहरु दुबैले मनोनयनपत्र दर्ता गराइसकेका छन् । उनीहरुले हेटौंडा उपमहानगरपालिका वडा नम्वर २...

जसपाबाट हेटौंडाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) ले हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा मनोनयन दर्ता गराएको छ । सत्तारुढ गठबन्धनभित्रै रहेका जसपाले हेटौंडाको मेयर र उपमेयर पदमा भने छुट्टै मनोनयन दर्ता गराएको हो । जसपाबाट हेटौंडाको मेयर पदमा दीपा लामा र उपमेयर पदमा हरिहर...

उम्मेदवारी दिन दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्यो गठबन्धन दल

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिकाको मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्य पदहरुमा उम्मेदवारी दर्ता गर्न सत्तारुढ गठबन्धन दल हेटौंडा–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको छ । बाजागाजा र झाँकीसहित ठूलो संख्यामा संख्यामा कांग्रेसका नेता तथा कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा पुगेका हुन् । गठबन्धनबाट...

सोमबार ३४ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको दोस्रो दिन शेयरबजारमा पुनः गिरावट आएको छ । अघिल्लो दिन ९५ अंकले बढेको नेप्से परिसूचक आज ३४ दशमलव ९५ अंकाले घटेर २ हजार ३८६ दशमलव ०१ विन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृत २३९ कम्पनीको ५० लाख ४७ हाजरज ७६९ कित्ता शेयर किनबेच हुँदा २...

एमालेबाट हेटौंडाको मेयरमा पौडेल र उपमेयरमा काफ्लेद्वारा मनोनयन दर्ता

मकवानपुर । नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा मनोनयन दर्ता गराएको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि एमालेले हेटौंडाको मेयर र उपमेयर मनोनयन दर्ता गराएको हो । एमालेबाट हेटौंडाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले मनोनयन दर्ता गराएका हुन् । उनीहरुले हेटौंडा उपमहानगरपालिका वडा नम्वर...

बागमती गाउँपालिकाः एमालेले गरायो उम्मेदवारी दर्ता

मकवानपुर । नेकपा एमाले बागमती गाउँपालिकाले आसन्न स्थानीय तह निर्वाचनको लागि अध्यक्ष/उपाध्यक्ष सहित सबै पदमा उम्मेद्वारी दर्ता गराएको छ । निर्वाचन अधिकृतको कार्यालय झुरझुरे पुगेर एमालेको तर्फबाट अध्यक्षमा खेमराज जर्गामगर तथा उपाध्यक्षमा धनमाया स्याङ्तान सहित सबै वडाध्यक्ष र वडा सदस्यहरुले उम्मेद्वारी दर्ता गरेका हुन् । हेटौंडा उपमहानगरपालिकामा पनि एमालेले...

मनोनयनअघि हेटौंडामा एमालेको र्‍याली (फोटो फिचर)

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिकाको मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्य पदहरुमा उम्मेदवारी दर्ता गर्न नेकपा एमाले हेटौंडा–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको छ । बाजागाजा र झाँकीसहित सयौँको संख्यामा एमाले नेता तथा कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा पुगेका हुन् । एमालेबाट हेटौंडाको मेयरमा...

उम्मेदवारी दिन दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्यो एमाले

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिकाको मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्य पदहरुमा उम्मेदवारी दर्ता गर्न नेकपा एमाले हेटौंडा–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको छ । बाजागाजा र झाँकीसहित सयौँको संख्यामा एमाले नेता तथा कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा पुगेका हुन् । एमालेबाट हेटौंडाको मेयरमा...

भीमफेदीमा फेरिए गठबन्धनका उम्मेदवार

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार फेरिएका छन् । कांग्रेसले भीमफेदीको उपप्रमुख पदको टिकट सञ्जिव श्रेष्ठलाई दिएको हो । श्रेष्ठ कांग्रेस भीमफेदी गाउँपालिकाका सभापति समेत हुन् । यसअघि बसेको कांग्रेस संसदीय दलको बैठकले भीमफेदीको उपप्रमुख पदमा मोमलाल दोङ टिकट दिने निर्णय गरेको थियो । दोङ यसअघिको निर्वाचनमा...