बागमती गाउँपालिकाः एमालेले गरायो उम्मेदवारी दर्ता

तु खबर संवाददाता
२०७९ बैशाख १२, सोमबार १४:०७

मकवानपुर । नेकपा एमाले बागमती गाउँपालिकाले आसन्न स्थानीय तह निर्वाचनको लागि अध्यक्ष/उपाध्यक्ष सहित सबै पदमा उम्मेद्वारी दर्ता गराएको छ । निर्वाचन अधिकृतको कार्यालय झुरझुरे पुगेर एमालेको तर्फबाट अध्यक्षमा खेमराज जर्गामगर तथा उपाध्यक्षमा धनमाया स्याङ्तान सहित सबै वडाध्यक्ष र वडा सदस्यहरुले उम्मेद्वारी दर्ता गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिकामा पनि एमालेले उम्मेदवारी दर्ता गराएको छ । एमालेले मनोनयनपूर्व दलबलसहित बाजागाजा गरी बजार परिक्रमा समेत गरेको थियो । अन्य पालिकाहरुमा पनि एमालेले उम्मेदवारी दर्ता गराउने क्रम चलिरहेको छ । एमालेले मनहरी र भीमफेदी गाउँपालिकामा भने हिजो नै उम्मेदवारी दर्ता गराइसकेको थियो ।