भीमफेदीमा फेरिए गठबन्धनका उम्मेदवार
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार फेरिएका छन् । कांग्रेसले भीमफेदीको उपप्रमुख पदको टिकट सञ्जिव श्रेष्ठलाई दिएको हो । श्रेष्ठ कांग्रेस भीमफेदी गाउँपालिकाका सभापति समेत हुन् ।
यसअघि बसेको कांग्रेस संसदीय दलको बैठकले भीमफेदीको उपप्रमुख पदमा मोमलाल दोङ टिकट दिने निर्णय गरेको थियो । दोङ यसअघिको निर्वाचनमा पनि उपप्रमुख पदमा उम्मेदवार बनेका थिए । भीमफेदीमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रले प्रमुख पदको उम्मेदवार पाएका छन् ।
