समाचार

हेटौंडाको कुन वडामा कसको उम्मेदवारी ? (नामावलीसहित)

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडामा ३ सय ९६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपमहानगरपालिकाको १९ वटै वडामा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदका लागि ३ सय ९६ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि...

बकैयाको अध्यक्षमा ८ जनाको उम्मेदवारी

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनका लागि बकैया गाउँपालिका अध्यक्ष पदमा ८ जनाको उम्मेदवारी परेको छ । विभिन्न राजनीतिक दलको तर्फबाट ७ जना र स्वतन्त्र तर्फबाट १ जना गरी ८ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय बकैयाले जनाएको छ । अध्यक्ष पदको लागि नेकपा एमालेबाट सरला बोलखे, नेपाली...

इन्द्रसरोवरको अध्यक्षमा ७ र उपाध्यक्षमा ४ जनाको उम्मेदवारी

मकवानपुर । इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष पदमा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न राजनीतिक दलको तर्फबाट ५ जना र स्वतन्त्र तर्फबाट २ जना गरी ७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय इन्द्रसरोवरले जनाएको छ । इन्द्रसरोवरको अध्यक्ष पदका लागि राजनीतिक दलको तर्फबाट एकीकृत समाजवादीका जिवन लामा, जनता...

स्थानीय निर्वाचन : १ लाख ३७ हजारको उम्मेदवारी, बागमतीमा मात्रै २३०९६

मकवानपुर । स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा १ लाख भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले मंगलबार बिहान अद्यावधिक गरेको तथ्यांकअनुसार, देशभरका ३७ हजार ४३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जसअनुसार, प्रदेश नं. १ मा २१ हजार ८ सय ७९, मधेश प्रदेशमा ३४ हजार ७ सय...

हेटौंडाको उपमेयरमा ११ जनाको मनोनयन दर्ता, क–कस्को उम्मेदवारी ? (नामावलीसहित)

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदको लागि ११ जनाले मनोनयन दर्ता गरेका छन् । विभिन्न राजनीतिक दलको तर्फबाट ९ जना र स्वतन्त्र तर्फबाट २ जना गरी ११ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । कार्यालयका अनुसार, उपमेयर पदका लागि सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसका राजेश बानियाँ,...

हेटौंडाको मेयरमा २१ जनाको मनोनयन दर्ता

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयर पदको लागि २१ जनाले मनोनयन दर्ता गरेका छन् । विभिन्न राजनीतिक दलको तर्फबाट १२ जना र स्वतन्त्र तर्फबाट ९ जना गरी २१ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माका अनुसार, मेयर पदका लागि आइतबार...

एमालेद्वारा बकैयामा अध्यक्ष, उपाध्यक्षसहित सबै पदमा उम्मेदवारी दर्ता

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बकैया गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष सहित १२ वटै वडा अध्यक्ष तथा सदस्य पदहरुमा उम्मेदवारी दर्ता गरेको छ । नेकपा एमाले बकैयाको पार्टी कार्यालय हात्तिसुंडेबाट र्याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अध्यक्षको लागि सरला बोलखे तथा उपाध्यक्षको लागि लालबहादुर स्याङ्तानले उम्मेदवारी दर्ता गराएका...

हेटौंडाको मेयरमा राप्रपाबाट दीपक सिंहले दिए उम्मेदवारी

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट दिपक सिंहले उम्मेदवारी दर्ता गराएका छन् । हेटौंडा–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सिंहले आज उम्मेदवारी मनोनयन गराएका हुन् । त्यस्तै राप्रपाबाट उपमेयर पदमा इन्दिरा न्यौपाने डल्लाकोटीले उम्मेदवारी दर्ता गराएकी छिन् । गएको निर्वाचनमा तत्कालिन राप्रपाबाट मधुकर अधिकारी मेयरको...

सुर्य चिन्हमा मतदान गर्न राप्रपा नेपाल मकवानपुरको आग्रह

मकवानपुर । राप्रपा नेपाल मकवानपुरले आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्ह सुर्यमा  मतदान गर्न राप्रपा नेपालका नेता तथा कार्यकर्ता एवम् मतदाताहरुलाई आग्रह गरेको छ । केन्द्रको सर्कुलर अनुसार आफुहरुले सुर्य चिन्हमा मतदान गर्ने राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए । अध्यक्ष...

४७७५ जनाको नमुना परीक्षण गर्दा २१ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा थप २१ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका थप ४ हजार ७ सय ७५ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआरबाट गरिएको परीक्षणमा १९ जना र...