स्थानीय निर्वाचन : १ लाख ३७ हजारको उम्मेदवारी, बागमतीमा मात्रै २३०९६
मकवानपुर । स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा १ लाख भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले मंगलबार बिहान अद्यावधिक गरेको तथ्यांकअनुसार, देशभरका ३७ हजार ४३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
जसअनुसार, प्रदेश नं. १ मा २१ हजार ८ सय ७९, मधेश प्रदेशमा ३४ हजार ७ सय ४७, बागमती प्रदेशमा २३ हजार ९६, गण्डकी प्रदेशमा १२ हजार ४ सय ४६, लुम्बिनी प्रदेशमा २१ हजार ७ सय ५९, कर्णाली प्रदेशमा १२ हजार ३ सय १८ र सुदुरपश्चिम प्रदेशमा ११ हजार ९८ जनाले विभिन्न पदनका लागि मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्ता गराउनेहरुमा प्रमुख पदको लागि ३ हजार २ सय, उपप्रमुख पदको लागि २ हजार ९, वडाध्यक्ष पदमा मात्र ३२ हजार २ सय १७ जना, महिला सदस्यमा २३ हजार ५ सय २१, दलित सदस्यमा २१ हजार २ सय २१ र सदस्य पदमा सर्वाधिक ४९ हजार २ सय ३९ जनाले मनोनयन दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ ।
