इन्द्रसरोवरको अध्यक्षमा ७ र उपाध्यक्षमा ४ जनाको उम्मेदवारी

तु खबर संवाददाता
२०७९ बैशाख १३,मंगलवार ०९:५३

मकवानपुर । इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष पदमा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न राजनीतिक दलको तर्फबाट ५ जना र स्वतन्त्र तर्फबाट २ जना गरी ७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय इन्द्रसरोवरले जनाएको छ ।

इन्द्रसरोवरको अध्यक्ष पदका लागि राजनीतिक दलको तर्फबाट एकीकृत समाजवादीका जिवन लामा, जनता समाजवादीका देवकुमार लामा, नेकपा एमालेका देवकृष्ण पुडासैनी, कांग्रेका विश्वलाल लामा र राप्रपाका सकुबहादुर लामाले उम्मेदवारी दर्ता गराएका छन् भने स्वतन्त्र तर्फबाट कुन्सान लामा र श्याम ठकुरीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, उपाध्यक्षमा पदमा राजनीतिक दलबाट ३ जना र स्वतन्त्रबाट एक जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नेकपा एमालेबाट उमाकुमारी लामा, नेपाली कांग्रेसबाट निर्मला रुम्बा, जसपा नेपालबाट रस्मिला घिसिङ र स्वतन्त्रबाट कमलबहादुर घिसिङ रहेका छन् ।