हेटौंडाको मेयरमा राप्रपाबाट दीपक सिंहले दिए उम्मेदवारी
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट दिपक सिंहले उम्मेदवारी दर्ता गराएका छन् । हेटौंडा–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सिंहले आज उम्मेदवारी मनोनयन गराएका हुन् । त्यस्तै राप्रपाबाट उपमेयर पदमा इन्दिरा न्यौपाने डल्लाकोटीले उम्मेदवारी दर्ता गराएकी छिन् ।
गएको निर्वाचनमा तत्कालिन राप्रपाबाट मधुकर अधिकारी मेयरको उम्मेदवार थिए भने इन्दिरा न्यौपाने डल्लाकोटी उप मेयरको उम्मेदवार थिइन् । कमल थापाले राप्रपा त्यागेर राप्रपा नेपाल स्थापना गरेपछि अधिकारी राप्रपामै छन् भने डल्लाकोटी राप्रपा नेपालबाट उपमेयरको उम्मेदवार बनेकी हुन् ।
