उम्मेदवारी दिन दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्यो गठबन्धन दल

तु खबर संवाददाता
२०७९ बैशाख १२, सोमबार १५:४५
file-photo

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिकाको मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्य पदहरुमा उम्मेदवारी दर्ता गर्न सत्तारुढ गठबन्धन दल हेटौंडा–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको छ ।

बाजागाजा र झाँकीसहित ठूलो संख्यामा संख्यामा कांग्रेसका नेता तथा कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा पुगेका हुन् । गठबन्धनबाट हेटौंडाको मेयर पदमा नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामा र उपमेयर पदमा कांग्रेसका राजेश बानियाँले उम्मेदवारी दर्ता गराउँदै छन् । त्यस्तै, कांग्रेस, नेकपा समाजवादी, नेकपा माओवादीलगायतका पार्टीहरुले छुट्टाछुुट्टै हेटौंडाको १९ वटै वडाका अध्यक्ष तथा सदस्यहरुका उम्मेदवारहरुले मनोनयन दर्ता गराउँदैछन् ।