बागमती प्रदेशको मन्त्रीपरिषद् बैठक बस्दै

तु खबर संवाददाता
२०७९ बैशाख १४, बुधबार ०८:००

मकवानपुर । बागमती प्रदेशको मन्त्रीपरिषद् बैठक आज (बुधबार) बस्दैछ । बैठक मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बिहान ८ बजेदेखि सुरु हुने भएको बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद खनालले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनका कारण मन्त्रीपरिषद् बस्न सकेको थिएन । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको प्रकृया पूरा भएसँगै प्रदेशका मन्त्रीहरुको केही फुर्सद भएपछि बैठक बस्न लागेको प्रवक्ता खनालले बताए ।