समाचार

दुर्घटनामा परेर श्रेष्ठको मृत्यु

दोलखा । दोलखाको चरीकोट जिरी सडकखण्डअन्तर्गत गौरिशङ्करवाल गृह नजिकै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्वर ४ अनाथलय नजिकै चरीकोटबाट तामाकोसीतर्फ जाँदै गरेको प्रदेश नं ३–०१०२४ च ५९१९ नम्वरको योद्धा गाडी र जिलुबाट चरीकोट आउँदै गरेको बा ७५ प ४५२१ नम्वरको मोटरसाइकल...

चलचित्र पत्रकार संघ मकवानपुरद्वारा ७ जना सम्मानित

मकवानपुर । चलचित्र पत्रकार संघ मकवानपुरले पत्रकार तथा कलाकर्मीलाई सम्मान गरेको छ । संघले हरेक वर्ष जेठ ७ गते चलचित्र पत्रकारिता दिवसमा गर्ने सम्मान कार्यक्रमअन्तर्गत आईतबार हेटौंडामा एक कार्यक्रमको अयोजना गर्दै नगद राशि सहित ७ जना पत्रकार तथा कलाकर्मीलाई सम्मान गरेको हो । संघले चलचित्र पत्रकारिता पुरस्कार–२०७७ बाट पत्रकार...

रुपन्देही दुर्घटना अपडेट : थप एक जनाको सनाखत

काठमाडौं । रुपन्देहीमा आज बिहानै यात्रुवाहक बस दुर्घटनामा परेर मृत्यु भएकामध्ये थप एक जनाको सनाखत भएको छ । बिहान जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्वरको बस रोहिणी खोलामा खसेर दुर्घटना हुँदा मृत्यु भएका ९ जनामध्ये थप जनाको सनाखत भएको हो । थप सनाखत हुनेमा भारतीय नागरिक...

माओवादी केन्द्रको पूर्व स्थायी समितिको बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्व स्थायी समिति सदस्यहरूको बैठक जारी छ । बैठक खुमलटारमा जारी रहेको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार, बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णतालगायत एजेन्डाबारे छलफल भइरहेको छ । स्थानीय निर्वाचन सकिएपछि माओवादी केन्द्रले बोलाएको यो पहिलो...

सुदूरपश्चिम र मधेश प्रदेशमा आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौं । आज सुदूरपश्चिम र मधेश प्रदेशमा आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ । दुई वटै प्रदेशमा नीति तथा कार्यक्रम सार्वजनिक गर्न आज अपराह्न ४ बजेको लागि प्रदेशसभा बैठक बोलाइएको छ । मधेश प्रदेशको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले तथा सुदूरपश्चिम प्रदेश...

भारतमा ४२५७ जनामा कोारेना संक्रमण पुष्टि

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ४ हजार २५७ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । यो गत ८ मार्चपछिकै सर्वाधिक तथ्यांक हो । त्यतिबेला ४ हजार ५७५ कोरोना संक्रमित भेटिएका थिए । यसअघि यही महिना कोरोना संक्रमितको संख्या ४ हजार नाघेको थियो । जुन २ मा ४ हजार...

ब्राउन सुगरसहित दुई जना पक्राउ

दाङ । दाङको घोराही– १५ शान्तिनगर टोलस्थित एक पसलबाट प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्वर ७ का २० वर्षीय बिशाल बुढा मगर र दाङको घोराही उपमहानगरपालिका वडा नम्वर १६ का ३० वर्षीय रमेश पुन मगर...

आज बागमतीसहित यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आइतबार प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशको केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आज प्रदेश–१, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली हुनेछ । हाल नेपालमा...

लोसपाको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को राष्ट्रिय कार्यकारिणी समिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने भएको हो । सो बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी संघीय र प्रदेश संसद्को निर्वाचनको बारेमा छलफल हुनेछ । कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार, बैठकमा...

रुपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

रुपन्देही । रुपन्देहीमा आज बिहानै यात्रुवाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । बिहान जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्वरको बस रोहिणी खोलामा खसेर दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४ जनाको सनाखत...