लोसपाको कार्यकारिणी समिति बैठक बस्दै
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को राष्ट्रिय कार्यकारिणी समिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने भएको हो । सो बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी संघीय र प्रदेश संसद्को निर्वाचनको बारेमा छलफल हुनेछ ।
कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार, बैठकमा कुन दलसँग तालमेल गर्ने र सरकार– लोसपा सम्बन्ध कस्तो राख्नेलगायत एजेण्डामा छलफल हुनछ । लोसपाको कार्यकारिणी बैठक शनिबारदेखि सुरु भएको हो ।
