ब्राउन सुगरसहित दुई जना पक्राउ
दाङ । दाङको घोराही– १५ शान्तिनगर टोलस्थित एक पसलबाट प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्वर ७ का २० वर्षीय बिशाल बुढा मगर र दाङको घोराही उपमहानगरपालिका वडा नम्वर १६ का ३० वर्षीय रमेश पुन मगर रहेका छन् ।
उनीहरुलाई विशेष सूचनाको आधार पुगेको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरील उनीहरुको साथबाट २ ग्राम ३० मिलिग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरुमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।
