समाचार

वडा अध्यक्ष सत्याललाई प्रतिस्पर्धी भण्डारीको घोषणापत्र उपहार

मकवानपुर । मुलुक संघीयता कार्यान्वयनको चरणमा गएपछि देशैभर दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । मकवानपुरका अधिकाँश स्थानीय तहमा जनप्रतिनिधि फेरिएका छन् भने केहीमा दोहोरिएका पनि छन् । स्थानीय तहको निर्वाचन होस् या अन्य, विगतलाई फर्केर हेर्ने हो भने एकाधबाहेक निर्वाचित र पराजित भएकाहरुबीच जनहितका कार्य सञ्चालन...

निर्वाचन आयोगले फेरि मतदाता दर्ता कार्यलाई अगाडि बढाउने

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी फेरि मतदाता दर्ता कार्यलाई अगाडि बढाउने भएको छ । आयोगले नयाँ मतदाताको नाम दर्ता गर्न एक महिनाको समय तोकिने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । यसका लागि आयागले छिट्टै निर्णय गरेर मतदाता कार्यको प्रकृया अगाडि बढाइने उनले...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले विनियोजन विधेयक २०७९/०८० पारित गरेको छ । गत सोमबारदेखि प्रतिनिधिसभामा जारी बजेटको नीति तथा कार्यक्रम, विनियोजन बजेटको विधेयक बहुमतले पारित भएको हो । योसँगै आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पास भएको छ । यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक...

हेटौंडामा सवारी दुर्घटना, दाहालको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडामा आज (शुक्रबार) दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दिउँसो चितवनबाट  हेटौंडातर्फ आउँदै गरेको ना ५ च ३६२७ नम्वरको कुखुरा बोक्ने बोलेरो जीप हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ तिनताप्केस्थित अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको...

साना तथा मझौला उद्योगको विकास गर्न सके मात्रै देशको अर्थतन्त्रमा सुधार आउछ : गोल्छा

मकवानपुर । नेपाल उद्योग वाणिज्य महासंघ नेपालका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योगको विकास गर्न सके मात्र देशको अर्थतन्त्रमा उल्लेख्य रुपमा सुधार आउने बताएका छन् । शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको पाँचौं प्रदेशसभामा बोल्दै अध्यक्ष गोल्छाले सो कुरा बताएका हुन् । उनले वर्तमान अवस्थामा भइरहेको तरलता...

देशको अर्थतन्त्र बलियो बनाउन सहकार्य जरुरी छ : मुख्यमन्त्री पाण्डे

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले देशको अर्थतन्त्र बलियो बनाउन सहकार्य जरुरी रहेको बताएका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको पाँचौं प्रदेशसभामा नीजि क्षेत्र र सरकार प्रतिस्पधीको रुपमा नभएको बताउँदै देशको अर्थतन्त्र बलियो बनाउन सहकार्य जरुरी रहेको बताएका हुन् । मुख्यमन्त्री पाण्डेले प्रदेश...

उच्च अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको अन्तिम दिन पुँजि बजार कारोबार हुने नेप्से परिसूचक उच्च अंकले घटेको छ । बिहीबार १८.२६ अंकले घटेर २११२.४७ विन्दुमा पुगेको नेप्से परिसूचक शुक्रबा ३३.७६ अंकले घटेर २०७८.७० मा पुगेर रोकिएको छ । शुक्रबार कूल ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर एक अर्ब ३० करोड...

हेटौंडाबाट लागूऔषधसहित एक जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित बिहीबार हेटौंडाबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ राप्तिरोडस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डबाट ५० किलो ४०० ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा भारत बिहार सितामढी जिल्ला ग्राम पञ्चायत...

सार्वजनिक सवारीसाधनको भाडा घट्यो, कहाँको कति ? (सूचीसहित)

काठमाडौं । सार्वजनिक सवारीसाधनको आडा घटेको छ । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि घटेको हो । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य समायोजनसँगै गाडी भाडा पनि २ प्रतिशतले समायोजन गरेको हो । यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २.६ प्रतिशत र...

देशभर थपिए २६ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, शुक्रबार ५ हजार ६०५ जनाको नमुना परीक्षण गर्दा २६ जना संक्रमित थपिएका हुन् । सो अवधिमा ४ हजार ५२८ जनाको पीसीआर र १ हजार ७७ जनाको एन्टिजेन परीक्षण...