समाचार
यस्तो रहनेछ आजको मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहनुका साथै प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १ को एक/दुई स्थानहरूमा हल्का वर्षा भइरहेको जनाएको छ । महाशाखाका अनुसार, शुक्रबार प्रदेश...
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटरमा १०/१० रुपैयाँले घटाउने निर्णय गरेको हो । अर्थ मन्त्रालयले पूर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि बिहीबार बैठक बसेर सो निर्णय गरेको निगमका प्रवक्ता...
मकवानपुर गोल्डकप : आज बीएफसी र चर्चव्वाईज क्लबबीच प्रतिस्प्रर्धा हुने
मकवानपुर । चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता अन्तरगत आज (शुक्रबार) चितवनको बीएफसी क्लब र काठमाडौंको चर्चव्वाईज क्लबबीच प्रतिस्प्रर्धा हुने भएको छ । उक्त प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित पिप्ले रंगशालामा हुनेछ । बिहीबारबाट सुरु भएको मकवानपुर गोल्डकपको पहिलो दिन सिमराको नव जनजागृति...
बागमती प्रदेशसभाको बैठक जेठ ३१ गतेसम्मका लागि स्थगित
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आगामी जेठ ३१ गतेसम्मका लागि स्थगित भएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएसँगै सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका हुन् । सभामुख श्रेष्ठले प्रदेशसभाको बैठक जेठ ३१ गते दिउँसो २ बजे बस्ने...
सिमान्तकृत वर्गलाई लक्षित गरी नीति तथा कार्यक्रम ल्याएका छौं : मुख्यमन्त्री पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले समाजवादी कार्यक्रम वडा तहबाट नै सुरु गर्ने बताएका छन् । मुख्यमन्त्री पाण्डेले बिहीबार बसेको प्रदेशसभाको तेस्रो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिँदै सो कुरा बताएका हुन् । मुख्यमन्त्री पाण्डेले विपक्षीहरुलाई समाजवादी कार्यक्रमको विरोध भन्दा...
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आथिर्क वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकले सरकारको आगामी आवको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि नेकपा एमालेका तर्फबाट ७ जना, विवकशील साझा पार्टीका १ जना र नेमकीपाका...
हेटौंडामा सवारी दुर्घटना, एक जना गम्भीर घाइते
मकवानपुर । मकवानपुरको हेटौंडामा बिहीबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । दिउँसो थानाभर्याङबाट नवलपुर जाँदै गरेको ना २ त २९५ नम्वरको ट्रयाक्टर हेटौंडा–११ सरस्वती खोला नजिकै अनियन्त्रित भई खोल्सामा पल्टिएर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...
बिहीबार १८ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको पाँचौ अर्थात शेयर कारोबारको चौथो दिन नेप्से परिसूचक १८ अंकले घटेको छ । बुधबार ७.२१ अंकले घटेर २१३०.७१ मा पुगेको नेप्से आज १८.२६ अंकले घटेर २११२.४७ विन्दुमा पुगेको हो । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब...
तारा एयरको पोखरा–जोमसोम उडान एक साताको लागि स्थगित
काठमाडौं । तारा एयरको पोखरा–जोमसोम उडान एक साताका लागि स्थगित हुने भएको छ । तारा ऐयरले बिहीबार सूचना जारी गर्दै विशेष कारणबस भोलि जेठ २० गतेदेखि २७ गतेसम्मका लागि पोखरा–जोमसोम उडान स्थगित गर्ने जानकारी गराएको हो । पोखरादेखि जोमसोमका लागि उडेको तारा एयरको विमान आइतबार दुर्घटनामा परेको थियो ।...
कुन स्थानीय तहले कति बजेट पाए ? (सूचीसहित)
काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/०८० को लागि स्थानीय तहहरूले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट प्राप्त गरेका छन् । स्थानीय तहहरुले समानीकरण अनुदान अन्तरगत १ खर्ब २३ करोड बजेट प्राप्त गरेका छन् भने सशर्त अनुदानतर्फ १ खर्ब ८३ अर्ब ७२ करोड बजेट प्राप्त गरेका...










