तारा एयरको पोखरा–जोमसोम उडान एक साताको लागि स्थगित

तु खबर संवाददाता
२०७९ जेष्ठ १९, बिहीबार १६:३२
file-photo

काठमाडौं । तारा एयरको पोखरा–जोमसोम उडान एक साताका लागि स्थगित हुने भएको छ । तारा ऐयरले बिहीबार सूचना जारी गर्दै विशेष कारणबस भोलि जेठ २० गतेदेखि २७ गतेसम्मका लागि पोखरा–जोमसोम उडान स्थगित गर्ने जानकारी गराएको हो ।

पोखरादेखि जोमसोमका लागि उडेको तारा एयरको विमान आइतबार दुर्घटनामा परेको थियो । दुर्घटनामा विमान चालकदलका तीन जनासहित २२ जनाको मृत्यु भएको थियो । विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको शव आज मात्रै आफन्तलाई बुझाइएको छ ।