सिमान्तकृत वर्गलाई लक्षित गरी नीति तथा कार्यक्रम ल्याएका छौं : मुख्यमन्त्री पाण्डे

तु खबर संवाददाता
२०७९ जेष्ठ १९, बिहीबार १८:५५
file-photo

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले समाजवादी कार्यक्रम वडा तहबाट नै सुरु गर्ने बताएका छन् । मुख्यमन्त्री पाण्डेले बिहीबार बसेको प्रदेशसभाको तेस्रो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिँदै सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री पाण्डेले विपक्षीहरुलाई समाजवादी कार्यक्रमको विरोध भन्दा पनि सुझाव दिन अनुरोध गरे । उनले विगतमा सिमान्तकृत समुदायको पक्षमा नीति तथा कार्यक्रम ल्याउन तत्कालिन सरकारले नसकेको भन्दै वर्तमान सरकारले सिमान्तकृत वर्गलाई लक्षित गरी नीति तथा कार्यक्रम ल्याएको उल्लेख गरे ।

कर्मचारी अभाव र डीपीआर नभएका योजनामा बजेट विनियोजन गर्ने प्रवृत्तिका कारण पनि बजेट खर्च हुन नसकेको उनको भनाई छ । उनले विगतको सरकारले गरेका गल्तिहरुलाई वर्तमान सरकारले सच्याउने काम गरेको बताउँदै विगतको सरकारले प्रतिपक्षले दिएको सुझावलाई समेत वेवास्ता गरेको र त्यसको नतिजा अहिले जनताले व्यहोर्नु परेको बताए ।

उनले नीति तथा कार्यक्रममा प्रतिपक्ष दल र ससांद्हरुले दिएका रचनात्मक सुझावहरुलाई आगामी दिनमा समेटेर बजेटमा समावेश गर्नेसमेत जानकारी दिए ।