समाचार
हिमपहिरोमा परेर बोहराको मृत्यु
धनगढी । बझाङमा यार्सा संकलनका क्रममा हिम पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्मा गाउँपालिका –१ नाउलाकी ३० वर्षीया सिन्की बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरीका अनुसार, बिहीबार राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेको बेला माथिबाट खसेको हिमपहिरोमा...
५० हजार घुससहित विद्यालयका अध्यक्ष र प्रधानाध्यापक पक्राउ
काठमाडौं । महोत्तरीको श्री माध्यामिक विद्यालय एकडाराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवान र प्रधानाध्यापक रामदिनेश मण्डल घुस रकमसहित पक्राउ परेका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार महोत्तरीको जलेश्वर नगरपालिका–२ टाउन प्लानिङस्थित एक रेस्टुरेन्टबाट पक्राउ गरेको हो । उनीहरुले विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध...
मकवानपुरगढीमा सवारी दुर्घटनाः २ वडा अध्यक्षसहित ८ जना घाइते
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ जीपलाइन नजिकै सवारी दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । सो दुर्घटनामा परी वीरगञ्ज महानगरपालिका वडा नं २९ र ३० का नवनिर्वाचित वडा अध्यक्षहरु क्रमशः ३२ वर्षीय मनोज कुमार यादव र ५२ वर्षीय धर्मेन्द्रप्रसाद महतो...
हेलिकोप्टरमा दुई पाइलट राख्न सम्भव छैन : वायुसेवा संचालनक संघ
काठमाडौं । नेपाल वायुसेवा संचालक संघले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न सम्भवन नरहेको जनाएको छ । प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला संघले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो...
सरकारले नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमूखीकरण दिने
काठमाडौं । सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई दुई दिने अभिमूखीकरण दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई दुई दिने अभिमूखीकरण दिन लागेको हो । मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई अभिमूखीकरण दिन...
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
बैतडी । छुट्टाछुट्टै घटनामा बैतडीमा दुई जनाको मृत्यु भएको छ । एक जनाको भिरबाट लडेर मृत्यु भएको छ भने अर्को एक जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार, पाटन नगरपालिका–६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थीको भिरबाट लडेर मृत्यु भएको हो । बिहीबार साँझ...
साउन १ गतेदेखि सवारीसाधनमा इम्बोस्ड नम्वर प्लेट अनिवार्य
काठमाडौं । बागमती प्रदेश र गण्डकी प्रदेशमा दर्ता कायम भएका सवारीसाधनमा आगामी साउनदेखि इम्बोस्ड नम्वर प्लेट अनिर्वाय गरिने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यी दुई प्रदेशमा दर्ता कायम रहेका मोटरसाइकलसहित सवारीसाधनमा इम्बोस्ड नम्वर अनिवार्य गरिने जानकारी गराएको हो । उक्त नियम साउन १ गतेदेखि...
दुर्घटनामा परेर एकको मृत्यु, दुई घाइते
काठमाडौं । गएराति दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बाँकेको कोहलपुर नगरपालिका १५ अक्कलघरुवामा गएराति रोकिराखेको ट्याक्टरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बाँकेको खजुरा गाउँपालिका ५ का ३३ वर्षीय सुमन...
सिमरा विमानस्थलबाट दैनिक उडान कटौती हुने
बारा । बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि २० दिन दैनिक उडान कटौती हुने भएको छ । विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले जेठ २४ गतेदेखि असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको हो । सो अवधिमा बिहान ६ देखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा विमानस्थलका...
हेटौंडाको परीक्षा केन्द्र दुई जना नक्कली परिक्षार्थी पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडाबाट प्रहरीले दुई जना नक्कली परिक्षार्थीलाई पक्राउ गरेको छ । बिहीबार लोक सेवा आयोगको परीक्षा दिने एक जना र सवारी अनुमति पत्र (लाइसेन्स) को परीक्षा दिने एक जना गरी दुई जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, हेटौंडा–१ को...









