साउन १ गतेदेखि सवारीसाधनमा इम्बोस्ड नम्वर प्लेट अनिवार्य

तु खबर संवाददाता
२०७९ जेष्ठ २०, शुक्रबार ०९:५८
file-photo

काठमाडौं । बागमती प्रदेश र गण्डकी प्रदेशमा दर्ता कायम भएका सवारीसाधनमा आगामी साउनदेखि इम्बोस्ड नम्वर प्लेट अनिर्वाय गरिने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यी दुई प्रदेशमा दर्ता कायम रहेका मोटरसाइकलसहित सवारीसाधनमा इम्बोस्ड नम्वर अनिवार्य गरिने जानकारी गराएको हो ।

उक्त नियम साउन १ गतेदेखि नै लागू हुनेछ । यदी सवारीसाधनमा इम्बोस्ड नम्वर नगरिए यायायात विभागले कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

सरकारले बागमती र गण्डकीका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न गत कात्तिक २२ गतेको राजपत्रमा सूचना प्रकाशन गरेको थियो । तर, इम्बोस्ड नम्वर जडान नभएको भन्दै विभागले ध्यानाकर्षण भएको जनाएको छ ।