समाचार

बागमती प्रदेशसभा बैठक सुरु भएलगत्तै एमालेको अवरोध

मकवानपुर । बागमती प्रदेशसभाको बैठक सुरु भएलगत्तै नेकपा एमालेले अवरोध गरेपछि १० मिनेटको लागि स्थगित भएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले नेकपा एमालेका मुख्य...

मकवानपुरका लामा मृत फेला

मकवानपुर । मकवानपुरका एक बालक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६ स्थित सुनाचुरी घर भएका १६ वर्षीय बालक सुरेश लामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, ३ तीन दिनदेखि बेपत्ता भएका उनको खोजीकार्य गर्ने क्रममा बुधबार...

पोखरीमा डुबेर २ जनाको मृत्यु

बारा । पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जिल्लाको कोल्हबी नगरपालिका वडा नम्वर ११ बेलवा बस्ने ५२ वर्षीय बिरनाथ चौधरी र कलैया उपमहानगरपालिका १६ मझौलिया टोल बस्ने ९ वर्षीया यस्तफा अन्सारी पोखरीमा डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार बुधबार बेलुका साढे...

बागमती प्रदेशसभा बैठक आज पनि बस्दै

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ । उक्त बैठक बिहान ८ बजेका लागि आह्वान गरिएको भएपनि केही समय ढिला गरी सुरु भएको हो । प्रदेशसभाको दशौं अधिवेशन बैठक अन्तरगत बस्ने उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको...

कारको ठक्करबाट युवकको मृत्यु

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकामा भारतीय नम्बर प्लेटको कारको ठक्करबाट एक जनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्वर ८ बस्ने २१ वर्षीय विश्वास गुरुङ रहेका छन् । उनी चितवनकै कालिका नगरपालिका वडा नम्वर ४ का स्थायी बासिन्दा हुन् । बुधबार राति...

सिमल्टारका भूमिहिनलाई लालपूर्जा दिन नापजाँच सुरु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर– ११ सिमल्टारमा सरकारले जग्गा नापजाँच सुरु गरेको छ । सिमल्टार टोल विकास संस्थामा रहेको ऐलानी जग्गा त्यहाँका भूमिहिन, अव्यवस्थित बसोबासी तथा सुकुम्वासीहरुलाई प्रदान गर्ने उद्देश्यका साथ सरकारले मंगलबारबाट नापजाँच सुरु गरेको हो । नापी कार्यालय हेटौंडा, हेटौंडा उपमहानगरपालिका र राष्ट्रिय भूमि व्यवस्था आयोग...

उपन्यासकार आचार्यको ‘मलिलो माटो’ माथि समीक्षा

मकवानपुर । उपन्यासकार सपना आचार्यको उपन्यास ‘मलिलो माटो’ माथि आइतबार हेटौँडामा समीक्षात्मक अन्तरक्रिया भएको छ । नेपाल भारत विश्वमैत्री संघ र नेपाल भारतमैत्री संघको आयोजनामा कार्यक्रम भएको हो । ज्योति बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बुढ्यौली साहित्य समाजका अध्यक्ष आरसी रिजालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा साहित्यकार ह्यग्रीव आचार्य,...

बागमती प्रदेशसभा बैठक : नीति तथा कार्यक्रममाथि छलफल

मकवानपुर । बागमती प्रदेशसभाको दशौं अधिवेशन बैठक अन्तरगत आज बसेको बैठक सम्पन्न भएको छ । आज अपराह्न बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमाथि छलफल भएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा सत्तारुढ दल, प्रमुख प्रतिपक्ष दल र प्रतिपक्ष दल गरी २० जना...

माओवादी जनप्रतिनिधिलाई सम्पति विवरण सार्वजनिक निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टीबाट जनप्रतिनिधिलाई आ–आफ्नो सम्पति विवरण सार्वजनिक गर्न निर्देशन दिएका छन् । पार्टीबाट निर्वाचित प्रमुख तथा उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा बोल्दै श्रेष्ठले सो निर्देशन दिएका हुन् । स्थानीय तहका सबै जनप्रतिनिधिहरुले सरकारी नियम र कानूनमा भए÷नभए पनि माओवादीका सबै जनप्रतिनिधिले सम्पति विवरण...

गृह जिल्ला आएर कमल थापाले भनेः ‘प्रदेश र प्रतिनिधिसभाको चुनावमा धेरै सिट जित्छौँ’

मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमालेसँगै सहकार्य गरेर अघि बढ्ने संभावना बलियो रहेको बताएका छन् । मंगलबार बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश स्तरीय अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले मंसिरमा हुने निर्वाचनमा एमालेसंग तालमेल प्रष्ट पारे । थापाले हालै सम्पन्न निर्वाचनमा...