समाचार

झलनाथ खनालले भनेः ‘कात्तिकमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गरौँ’

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले कात्तिक महिनामा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्नुपर्ने प्रश्ताव गरेका छन् । उनले आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा कात्तिकमा संघीय चुनाव गर्न प्रस्ताव गरेका हुन् । मंसिरमा चिसो बढ्ने र चुनाव गर्न कठिनाई हुने भएको भन्दै त्यसअघि नै...

संसदीय निर्वाचन कात्तिकको अन्तिम वा मंसिरको पहिलो साता गर्ने तयारी

काठमाडौं । सत्तारुढ दलहरुले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी कात्तिक अन्तिम वा मंसिरको पहिलो सातामा गर्ने तयारी गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा उक्त विषयमा छलफल भएको नेकपा माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार, छलफलका क्रममा सहभागी केही दलका नेताहरुले उक्त...

जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना

काठमाडौं । सरकारले अब खेतीयोग्य जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना गर्ने भएको छ । भूउपयोग नियमावली २०७९ स्वीकृत भएको बारे भूमि व्यवस्था मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो । सम्मेलनमा मन्त्री शशी श्रेष्ठले काबु बाहिरको परिस्थिति बाहेक कृषि क्षेत्रमा वर्गीकृत जमिन लगातार...

नेपालमा १९ दिन ‘ओलम्पिक डे’ मनाइने

काठमाडौं । नेपालमा १९ दिन ओलम्पिक डे मनाइने भएको छ । नेपाल ओलम्पिक कमिटीले अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा नेपालमा यही जेठ २२ गतेदेखि असार ९ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको हो । नेपाल ओलम्पिक कमिटीअन्तर्गतको स्पोर्ट्स फर अल कमिसन नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै ‘ओलम्पिक डे’ को अवसरमा...

नेप्से परिसूचक ७ अंकले घट्दा १ अर्ब ७ करोडमाथिको कारोबार

काठमाडौं । आज साताको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । मंगलबार ३५.५३ अंकले घटेर २१३७.९२ विन्दुमा पुगेर रोकिएको नेप्से बुधबार ७.२१ अंकले घटेर २१३०.७१ मा पुगेको छ । आज कूल ३० लाख २० हजार ६७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७ करोड ८४ लाख...

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

रुपन्देही । रूपन्देहीमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका–४ स्थित सडकमा लु ७८ प २४०० नम्वरको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका वडा नम्वर ७ मानमटेरिया बस्ने ४५ वर्षीय गंगाराम मल्लाहा रहेका छन् । मोटरसाइकलको...

राप्रपाको कार्यसम्पादन समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । बैठक काभ्रेको धुलिखेलमा रहेको मिराबल रिसोर्टमा केहीबेर अघि मात्रै सुरु भएको छ । बैठकमा स्थानीय निर्वाचनको समीक्षा र आगामी प्रदेशसँगै संघीय निर्वाचनको रणनीतिक तयारीबारे छलफल हुनेछ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकमा...

अहंकार र दम्भ देखाए कांग्रेसलाई पनि ठेगान लगाइदिन्छौँ –प्रचण्ड

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसलाई अहंकार र दम्भ नदेखाउन आग्रह गरेका छन् । पार्टीका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एमालेको जस्तै दम्भ र अहंकार बढाएको खण्डमा माओवादीले कांग्रेसलाई पनि ठेगान लगाउनुपर्ने दिन आउनसक्ने भन्दै चेतावनी दिए...

स्थानीय निर्वाचनमा अन्तर्घात गर्नेलाई एमालेले कारवाही गर्यो

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । एमालेले कास्कीका तीन जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको हो । एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङले बुधबार विज्ञप्ति जारी गर्दै निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही गरेको जानकारी दिएका हुन् । जसमा संगठित...

तारा एयर दुर्घटनामा मृत्यु भएका सबैको शव एकै पटक बुझाइने

काठमाडौं । तारा एयरको ९ एन– ‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परेर मृत्यु भएका सबैको शव एकै पटक आफन्तलाई बुझाइने भएको छ । गत आइतबार अर्थात जेठ १५ गते पोखराबाट जोमसोमको लागि उडेको उक्त विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।...