समाचार
हेलिकप्टर उडानमा पनि दुई जना पाइलट अनिर्वाय गर्ने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले अब हेलिकप्टरमा पनि दुई जना पाइलट अनिर्वाय गर्ने निर्णय गरेको छ । क्यानका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार, आगामी असार १७ गते (१ जुलाई) देखि लागू हुने गरी उक्त निर्णय गरेको हो । अहिले हेलिकप्टरमा एक जना पाइलट रहेर उनले यात्रु बोक्ने...
देशभरका ३०४७ मा नमुना परीक्षण गर्दा ९ जनालाई कोरोना पुष्टि
काठमाडौं । देशभर थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ३ हजार ४७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ८५ जनाको पीसीआर र ९ सय ६२ जनाको...
अझै ३३ लाख थान पाठ्यपुस्तक छपाइ बाँकी
भक्तपुर । सरकारले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छपाई एवम् वितरणको जिम्मा दिएको जनक शिक्षा सामग्री केद्र लिमिटेडले अझै ३३ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी छ । शैक्षिक सत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाका अनुसार,...
ज्यान मार्ने उद्योग मुद्दामा फरार वडा सदस्य पक्राउ
जनकपुर । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेको आरोपमा धनुषा प्रहरीले एक जना वडा सदस्यलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको शहीदनगर नगरपालिका–९ को वडा सदस्य राजेश बिराजी रहेका छन् । बिराजी ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेको जनाउँदै प्रहरीले पक्राउ गरेको हो । बिराजी गत बैशाख...
विश्व सुर्तिजन्य पदार्थ रहित दिवसः हेटौंडामा सडक नाटक र अन्तरक्रिया
मकवानपुर । विभिन्न कार्यक्रम गरी हेटौंडामा विश्व सुर्तिजन्य पदार्थ रहित दिवस मनाइएको छ । सो अवसरमा मंगलबार स्वास्थ्य निर्देशनालय बागमती प्रदेश हेटौंडाको आयोजनामा प्रदेश राजधानी हेटौंडामा विभिन्न कार्यक्रम आयोजना गरिएको हो । निर्देशनालयले ‘सुर्तिजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ’ भन्ने नारालाई सार्थक बनाउन मंगलबार विहान प्रभातफेरी कायक्रम गरेको...
मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसम सफा नभए आन्तरिक उडानका लागि अनुमति नदिने निर्णय गरेको छ । क्यानले तारा एअरको विमान दुर्घटना भएसँगै उड्ने र पुग्ने स्थानको मौसम सफा नभएसँगै उडान अनुमति नदिने निर्णय गरेको हो । क्याले विमान इनरुट (उड्ने स्थान, विमान पुग्ने स्थान र...
बागमती प्रदेशः युवा नीतिको मस्यौदामाथि छलफल, रोजगारी र उत्पादनमा जोड्न सुझाव
मकवानपुर । पछिल्लो समय युवा स्वरोजगार र उत्पादनको मुद्धामा बहस भइरहेको छ । यो मुद्धा पेचिलो बन्दै जानुको साथै युवा जमातमा नै आफ्नो क्षमता कसरी अभिबृद्धि गर्ने, कसरी रोजगारी र उत्पादनसँग जोडिने भन्ने चासो/चिन्ता पनि पनि देखिएको छ । युवाहरुमा विषयगत सीप र क्षमताको विकास कसरी गर्ने, उनीहरुलाई रोजगारीसँग...
नापी कार्यालयका कर्मचारी घुससहित पक्राउ
काठमाडौं । रुपन्देहीको भैरहवा नापी कार्यालयमा कार्यरत एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमिन टेकबहादुर रायमाझी रहेका छन् । उनलाई विशेष सूचनाको आधारमा बुटवलबाट गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नगद ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो । राइमाझीले जग्गाको हालसाविक गरेबापत सेवाग्राहीसँग...
कक्षा ११ को आंशिक परीक्षाको समयतालिका सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयल कक्षा ११ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बोर्डले यही जेठ २९ गतेदेखि संचालन हुने कक्षा ११ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूहसमेत) तथा प्राविधिक समूह तर्फका ग्रेड वृद्धि एवम् आंशिक परीक्षाको समयतालिका सार्वजनिक गरेको हो ।...
मंगलबार ३५ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३५.५३ अंकले घटेर २१३७.९२ विन्दुमा पुगेर रोकिएको छ । आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३७ लाख ६९ हजार ८१२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ८९...










