समाचार
बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु
बाँके । बाँकेमा बसेको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ । जिल्लाको बैजनाथ गाउँपालिका–१ मा आज बिहान बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । मृत्यु हुनेमा स्थानीय प्रकाश खड्काकी ४ वर्षीया छोरी प्रज्ञा खड्का रहेकी छिन् । प्रहरीका अनुसार, हाल नम्बर...
तारा एयर दुर्घटना अपडेट : बाँकी शव पनि काठमाडौं ल्याइयो
काठमाडौं । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका थप १२ जनाको शव पनि काठमाडौं ल्याइएको छ । बाँकी शवहरूलाई आधार स्थल कोबाङ ल्याएर त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरद्वारा आज (मंगलबार) काठमाडौं ल्याएको हो । योसँगै तारा एयरको ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान दुर्घटनामा परेर मृत्यु भएका २२ जनाको शव काठमाडौं...
पोखरा विमानस्थलमा तेल बोकेको ट्यांकर दुर्घटना
पोखरा । पोखरा विमानस्थलमा तेल बोकेको ट्यांकर दुर्घटना भएको छ । आज बिहान हवाईजहाजमा तेल भर्न जाँदै गर्दा ट्यांकर पल्टिएर दुर्घटना भएको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए । उनका अनुसार, विमानस्थलमा तेल पोखिए पनि आगो भने लाग्न पाएन । ट्यांकर दुर्घटनाका कारण आज बिहान पोखरामा हुने उडानहरु...
आईजीपी नियुक्ती विवादबारे आज पूर्ण सुनुवाई हुने
काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ती विवादबारे आज पूर्ण सुनुवाई हुने भएको छ । बैशाख १८ मा मन्त्रिपरिषद्ले धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । पोखरेलको...
तारा एयर दुर्घटना अपडेट : थप एक जनाको शव फेला
काठमाडौं । तारा एयरको विमान दुर्घटनामा हराइरहेका एक जनाको फेला परेको छ । मुस्ताङमा आइतबार भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये थप एक जनाको पनि शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । यससँगै उक्त दुर्घटनामा परेर मृत्यु भएका २२ जनाको शव फेला परेको स्ताङका प्रहरी नायव उपरीक्षक...
हेटौंडामा विश्व सुर्तिजन्य पदार्थ रहित दिवस मनाइयो
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा विश्व सुर्तिजन्य पदार्थ रहित दिवस मनाइएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजनामा विहान प्रभातफेरी कार्यक्रम गरी सो दिवस मनाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामाले सुर्तिजन्य पदार्थ प्रयोग नगर्न आग्रह गर्नुको साथै बालबालिकालाई खरिद गर्न पठाउने कार्य बन्द...
सुनखानीमा झडप हुँदा १०० मजदुरको मृत्यु, ४० घाइते
काठमाडौं । अफ्रिकी देश चाडको उत्तरी क्षेत्रस्थित सुनखानीका मजदुरहरूबीच भएको झडपमा एक सय जनाको मृत्यु भएको छ । लिबियाको सिमाना नजिकको तिबेस्ती पर्वतको कोरी बोगौडीस्थित खानीमा सुन झिक्ने विषयमा मौरिसियाली र लिबियाली मजदुरबीच झडप हुँदा उनीहरुको मृत्यु भएको रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले जानकारी दिए । उनका अनुसार, झडपमा...
नाबालिकालाई जवरजस्ती करणीको प्रयास गरेको आरोपमा युवक पक्राउ
काठमाडौं । खोटाङमा नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विद्यालय जाँदै गरेकी ८ वर्षीया बालिकालाई करणीको प्रयास गरेको आरोपमा प्रहरीले खोटेहाङ गाउँपालिका– ७ खोटाङ बजारका २६ वर्षीय भुवनकुमार प्रधानलाई पक्राउ गरेको हो । बालिकालाई जेठ ११ गते बिहान करिब ९.३० बजे करणीको प्रयास...
आजको मौसम : वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहनुका साथै देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । प्रदेश १ र बागमती प्रदेशका एक/दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा...
विमान दुर्घटना अपडेट : मृतकमध्ये १० जनाको शव काठमाडौं ल्याइयो
काठमाडौं । मुस्ताङमा तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौं ल्याइएको छ । जिल्लाको थासाङ गाउँपालिका–२ सानोस्वाँरेबाट २१ जनाको शव संकलन गरिएकोमा पहिलो चरणमा १० जनाको शव काठमाडौं ल्याइएको हो । आइतबार तीन चालकसहित २२ जना सवार विमान दुर्घटना भएको थियो ।...









