समाचार

बागमती प्रदेश नीति तथा कार्यक्रम : ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई निरन्तरता दिइने

मकवानपुर । बागमती प्रदेश सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई निरन्तरता दिने भएको छ । बागमती प्रदेश प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै प्रदेशभित्रका माध्यमिक तहका विद्यालयहरुमा उक्त कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएका हुन् । त्यस्तै,...

बागमती प्रदेश नीति तथा कार्यक्रमः सबै बालबालिकासम्म शिक्षाको पहुँच बृद्धि गरिने

मकवानपुर । बागमती प्रदेशसभाको १० औँ अधिवेशनको पाँचौँ बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रदेश प्रमुख शर्माले संसदमा प्रस्तुत गरेका हुन् । उनले प्रदेशभित्रका बाल विकास केन्द्रलाई स्थानीय तह संघको सहकार्यमा नमूना...

बागमती प्रदेशः आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि तयार पारेको नीति तथा कार्यक्रम सार्वजनिक भइरहेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको १० औँ अधिवेशनको पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । प्रदेश प्रमुख शर्माले नीति तथा कार्यक्रम पेश गरेपछि मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले...

हेटौंडाबाट सिमेन्ट बोकेर सोलुखुम्बु जाँदै गरेको ट्रक दुर्घटना, चार जनाको मृत्यु

उदयपुर । मकवानपुरको हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतर्फ जाँदै गरेको ना ८ ख ८२९७ नम्वरको लोबेड ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । उक्त ट्रक सोमबार बिहान साढे २ बजेको सयमा सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौट खोला नजिक दुर्घटना हुँदा चालकसहित...

तारा एयर दुर्घटना अपडेटः १४ जनाको शव संकलन

काठमाडौँ । दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको जहाजमा सवार २२ जनामध्ये १४ जनाको शव संकलन भएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । जहाजमा सवार कसैलाई पनि जिवित अवस्थामा भेट्ने सम्भावना भने नरहेको प्राधिकरणले जनाएको छ । अन्यको खोजीकार्य जारी रहेको भन्दै शव भेटिएकामध्ये केहीको चिनिने अवस्था...

हेटौंडा १५ का वडाध्यक्ष मोक्तानले सरकारी मोटरसाइकल नलिने

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ का वडाध्यक्ष सुनिल मोक्तानले सरकारी मोटरसाइकल नलिने भएका छन् । सरकारले जनप्रतिनिधिहरुलाई जनताको सेवामा खट्न सहज होस् भन्ने हेतुले दिने सवारीसाधान नलिने अध्यक्ष मोक्तानले बताए । उनले सरकारको खर्चमा काम होेस् भनेर आफनो ठाउँबाट सकेकोे आफुले गरेको बताए । जनताकोे समस्यमा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने

मकवानपुर । बागमती प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । सरकारले बागमती प्रदेशसभाबाट आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछ । प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्नका लागि सोमबार दिउँसो २ बजे प्रदेशसभाको बैठक आह्वान गरेको...

तारा एयर दुर्घटनाः शव संकलन गर्दै प्रहरी

काठमाडौँ । तारा एयरको हिजो सम्पर्कविहीन भएको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाको टोली घटनास्थलमा पुगेको जनाइएको छ । नेपाल सेना र सशस्त्र प्रहरीको टोलीले अहिले घटनास्थलमा शव संकलन गरिरहेका छन् । प्रहरीले घटनाको विस्तृत विवरण आइनसकेको जानकारी दिएको छ । आइतबार बिहान ९ः५५ बजे पोखराबाट...

तारा एयर दुर्घटना : विमानमा धनुषाका एकै परिवारका ७ जना रहेको पुष्टि

धनुषा । आज बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको तारा एयरको विमानमा धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । तारा एयरका अनुसार, उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२...

जबरजस्ती करणीको आरोपमा एक पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाल्पाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको पुर्वखोला गाउँपालिका–३ दारोगौडा निवासी ३१ वर्षीय श्यामबहादुर दर्जी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार, दर्जीले घरमा कोही नभएको बेला सोही पालिकाकी २५ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेका थिए...