हेटौंडा १५ का वडाध्यक्ष मोक्तानले सरकारी मोटरसाइकल नलिने
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ का वडाध्यक्ष सुनिल मोक्तानले सरकारी मोटरसाइकल नलिने भएका छन् । सरकारले जनप्रतिनिधिहरुलाई जनताको सेवामा खट्न सहज होस् भन्ने हेतुले दिने सवारीसाधान नलिने अध्यक्ष मोक्तानले बताए ।
उनले सरकारको खर्चमा काम होेस् भनेर आफनो ठाउँबाट सकेकोे आफुले गरेको बताए । जनताकोे समस्यमा आफुुसँगै रहेकाले सेवामा खटिन सरकारले दिएको मोटरसाइकल नलिइ पनि सेवा गर्न सकिने उनको भनाई छ । मोक्तान गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
