देशभरका ३०४७ मा नमुना परीक्षण गर्दा ९ जनालाई कोरोना पुष्टि
काठमाडौं । देशभर थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ३ हजार ४७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ८५ जनाको पीसीआर र ९ सय ६२ जनाको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा १३ जना कोरोनामुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या ९७ छन् ।
