अझै ३३ लाख थान पाठ्यपुस्तक छपाइ बाँकी

तु खबर संवाददाता
२०७९ जेष्ठ १७, मंगलवार १८:१०

भक्तपुर । सरकारले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छपाई एवम् वितरणको जिम्मा दिएको जनक शिक्षा सामग्री केद्र लिमिटेडले अझै ३३ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी छ । शैक्षिक सत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन ।

केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाका अनुसार, चालु शैक्षिक सत्रका लागि आवश्यक एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्नेमा हालसम्म १ करोड ६५ लाख थान अर्थाच ८५ प्रतिशत मात्रै पाठ्यपुस्तक पछाई सकिएको छ । बाँकी १५ प्रशितत छपाइ भइरहेको छ ।

यसैबीच केन्द्रले पुस्तक छपाईमा ढिलाई गरेपछि संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिलेसमेत केन्द्रका प्रबन्ध निर्देशक झासँग सोधपुछ गर्दा रुस–युक्रेनबीचको युद्वका कारण कागज नआउदा र स्थानीय तहको निर्वाचनका लागि मतपत्र छपाई गर्दा समयमै पुस्तक छाप्न नसकिएको जानकारी गराए । सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा भने निजी क्षेत्रलाई दिएको थियो ।