नेपालमा १९ दिन ‘ओलम्पिक डे’ मनाइने

तु खबर संवाददाता
२०७९ जेष्ठ १८, बुधबार १७:२९

काठमाडौं । नेपालमा १९ दिन ओलम्पिक डे मनाइने भएको छ । नेपाल ओलम्पिक कमिटीले अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा नेपालमा यही जेठ २२ गतेदेखि असार ९ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको हो ।

नेपाल ओलम्पिक कमिटीअन्तर्गतको स्पोर्ट्स फर अल कमिसन नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै ‘ओलम्पिक डे’ को अवसरमा २ हजार ४८६ कार्यक्रम आयोजना गरिने जनाएको छ ।

आधुनिक ओलम्पिक स्थानमा भएको दिनको अवसर पारेर मनाउन थालिएको ओलम्पिक डे जुन २३ (असार ९) मा विश्वभर मनाउने गरिन्छ । नेपालमा जेठ २२ गतेबाट असार ९ गतेसम्म विविध कार्यक्रम गरी मनाइने कमिसनले जनाएको छ ।