राप्रपाको कार्यसम्पादन समिति बैठक जारी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । बैठक काभ्रेको धुलिखेलमा रहेको मिराबल रिसोर्टमा केहीबेर अघि मात्रै सुरु भएको छ । बैठकमा स्थानीय निर्वाचनको समीक्षा र आगामी प्रदेशसँगै संघीय निर्वाचनको रणनीतिक तयारीबारे छलफल हुनेछ ।
पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकमा पार्टीका पूर्वअध्यक्षहरू पशुपतिशम्शेर जबरा र डा। प्रकाशचन्द्र लोहनीलगायत शीर्षस्थ नेताहरू सहभागी रहेका छन् । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द भने बैठकस्थलमा पुगेका छैनन् । बैठक दुई दिनसम्म संचालन हुनेछ ।
