मकवानपुरका लामा मृत फेला
मकवानपुर । मकवानपुरका एक बालक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६ स्थित सुनाचुरी घर भएका १६ वर्षीय बालक सुरेश लामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, ३ तीन दिनदेखि बेपत्ता भएका उनको खोजीकार्य गर्ने क्रममा बुधबार दिउँसो घर नजिकै मृत फेला परेको हो । लामाको शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याईएको र उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
