प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

तु खबर संवाददाता
२०७९ जेष्ठ २०, शुक्रबार १८:५३
file-photo

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले विनियोजन विधेयक २०७९/०८० पारित गरेको छ । गत सोमबारदेखि प्रतिनिधिसभामा जारी बजेटको नीति तथा कार्यक्रम, विनियोजन बजेटको विधेयक बहुमतले पारित भएको हो ।

योसँगै आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पास भएको छ । यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि अनुमानित आय व्ययसहितको कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेक थिए ।