निर्वाचन आयोगले फेरि मतदाता दर्ता कार्यलाई अगाडि बढाउने

तु खबर संवाददाता
२०७९ जेष्ठ २०, शुक्रबार १९:०७

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी फेरि मतदाता दर्ता कार्यलाई अगाडि बढाउने भएको छ । आयोगले नयाँ मतदाताको नाम दर्ता गर्न एक महिनाको समय तोकिने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

यसका लागि आयागले छिट्टै निर्णय गरेर मतदाता कार्यको प्रकृया अगाडि बढाइने उनले बताए । उनका अनुसार, निर्वाचनको मिति घोषणा भएको दिनदेखि नाम दर्ता गर्ने काम स्थगित गरिनेछ । निर्वाचनको तयारीको काम गर्न आयोगलाई १ सय २० दिन समय लाग्ने उनको भनाई छ । २०७९ बैशाख २९ गतेसम्म १८ वर्षभन्दा माथिका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेका छन् ।