माओवादी केन्द्रको पूर्व स्थायी समितिको बैठक जारी

तु खबर संवाददाता
२०७९ जेष्ठ २२, आईतवार ०९:५४
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्व स्थायी समिति सदस्यहरूको बैठक जारी छ । बैठक खुमलटारमा जारी रहेको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

उनका अनुसार, बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णतालगायत एजेन्डाबारे छलफल भइरहेको छ । स्थानीय निर्वाचन सकिएपछि माओवादी केन्द्रले बोलाएको यो पहिलो बैठक हो । यसअघि शनिबार दिउँसो ३ बजेका लागि बोलाएको पूर्व स्थायी समिति सदस्यहरूको बैठक तयारी पर्याप्त नभएको भन्दै स्थगित गरिएको थियो ।