सुदूरपश्चिम र मधेश प्रदेशमा आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
काठमाडौं । आज सुदूरपश्चिम र मधेश प्रदेशमा आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ । दुई वटै प्रदेशमा नीति तथा कार्यक्रम सार्वजनिक गर्न आज अपराह्न ४ बजेको लागि प्रदेशसभा बैठक बोलाइएको छ ।
मधेश प्रदेशको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले तथा सुदूरपश्चिम प्रदेश सभाको नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रदेशसभामा प्रस्तुत गर्ने कार्यसूचरी रहेको छ । प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट प्रस्तुत गर्ने व्यवस्था छ ।
बागमती प्रदेशको नीति तथा कार्यक्रम भने जेठ १६ गते बसेको प्रदेशसभा बैठकमा सार्वजनिक भई जेठ १९ गते बसेको बैठक बहुमति पारित भइसकेको छ । अन्य प्रदेशमा पनि नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।
